नेभिगेसन मेनु

धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २३ जना घाइते
सम्पादक:南亚网络电视
समय:2026-02-23 12:24

 

 dhading-accident-1771800892

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बस राति सवा १ बजे दुर्घटनामा परेको थियो । 

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले दिएको जानकारीअनुसार काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो ।

उनका अनुसार बसमा ४० जना यात्रु थिए ।

१७ जनाको घटनास्थलमै मृत्यु भएको, २३ जना घाइते भएका र एकजना च्यापिएको अवस्थामा फेला परेको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

उनका अनुसार शव अहिले दुर्घटनास्थलभन्दा बाहिर निकालिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अस्पताल पठाइएका घाइतेमध्ये केहीको अवस्था गम्भीर  रहेको ती प्रहरी अधिकारीले जानकारी दिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर