नेभिगेसन मेनु

बास्केटबल लिग : सोलो र प्लेबक्स एरेना विजयी
सम्पादक:南亚网络电视
समय:2026-03-15 13:11

 

 bask-0

काठमाडौँ, चैत १ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिगा सोलो बास्केटबल र प्लेबक्स एरेनाले सफलता हात पारेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा जारी लिगमा सोलो बास्केटबलले रोयल स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ ले हरायो । सोलोको यो लगातार दोस्रो जित हो ।

यसअघि सोलोले पहिलो खेलमा प्लेबक्स एरेनालाई पराजित गरेको थियो । सोलोका प्रगुन महर्जनले सर्वाधिक २६ अंक बनाउनुभयो । उहाँ म्यान अफ दि म्याच घोषित हुनुभयो । रोयल्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा रोयल्स कीर्तिपुरसँग पराजित भएको थियो ।

यस्तै अर्को खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५–८१ ले पराजित गरेको हो । कीर्तिपुरको यो पहिलो हार हो । कीर्तिपुरले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर