नेभिगेसन मेनु

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
सम्पादक:南亚网络电视
समय:2026-03-03 13:33

 

 kkkk-98

काठमाडौँ, फागुन १९ गते । साविक विजेता भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

कोलकातास्थित इडेन गार्डेन्स मैदानमा आइतबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । यस नजितासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

यसअघि इङ्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाईसकेको छ । अब सेमिफाइनलमा भारतले इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

जितका लागि एक सय ९६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९९ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

भारतका लागि सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्नुभयो । अविजित ९७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएका सामसनले ५० बलमा १२ चौका चार छक्का हान्नुभयो ।

यस्तै तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, हार्दिक पाण्डेयले १७ तथा अभिषेक शर्मा‌ र इशान किशनले समा १०, १० रनब नाउनुभयो ।बलिङमा वेस्ट इन्डिजका जसोन होल्डर र शमर जोसेफले दुई दुई तथा अकेल हुसेनले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रस्टन चेजले सर्वाधिक ४० रन बनाउनुभयो ।

यस्तै जसोन होल्डरले अविजित ३७, रोभम्यान पावेलले अविजित ३४, कप्तान साई होपले ३२, सिमरन हेटमायरले २७ र शेर्फेन रदरफोर्डले १४ रन बनाउनुभयो । बलिङमा भारतका जसप्रित बुमराहले दुई तथा हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर