नेभिगेसन मेनु

सुपर आठमा इङ्ग्ल्यान्डको विजयी सुरुवात
सम्पादक:南亚网络电视
समय:2026-02-23 12:06

 

 england-(3)

क्यान्डी (श्रीलङ्का), फागुन ११ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा दुई पटकको विजेता इङ्ग्ल्यान्डले विजयी सुरुवात गरेको छ । फिल साल्ट मात्र ब्याटिङमा चम्किएको खेलमा इङ्ग्ल्यान्डले सहआयोजक श्रीलङ्कालाई ५१ रनले सजिलै पराजित ग¥यो । टी–२० मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई लगातार १२ खेलमा हराएको हो ।

पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले नौ विकेटको क्षतिमा १४९ रनको सामान्य स्कोर तयार पारेको थियो । प्रारम्भिक ब्याट्सम्यान साल्टले ४० बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६२ रन बनाउनुभयो । विल ज्याक्सले अन्तिम ओभरतिर तेज गतिमा २१ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । आफ्ना तीन प्रमुख बलरबिना खेलिरहेको श्रीलङ्काले नियमित रूपमा इङ्ग्ल्यान्डको विकेट लिएको थियो । स्पिनर डुनिथ वेलालागेले जोस बट्लर (७ रन) र कप्तान ह्यारी बु्रक (१४ रन) लाई आउट गरेपछि इङ्ग्ल्यान्डको पालि आधा बाटोमा चार विकेटको क्षतिमा ६८ रनको स्थितिमा थियो ।

श्रीलङ्काका बायाँहाते तेज बलर डिलसन मधुशङ्काले २५ रन र स्पिनर महेश थिकानाले २१ रनमा दुई/दुई विकेट लिनुभयो । वेलालागेले सर्वाधिक तीन विकेट लिनुभयो ।

श्रीलङ्का सामान्य स्कोर पछ्याउने क्रममा पनि फराकिलो अन्तरले हा¥यो । श्रीलङ्का जवाफमा १६.४ ओभरमा ९५ रनमै अलआउट भएको हो । तेज बलर जोफ्रा आर्चलले दोस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान पाथुम निसन्कालाई आउट गरी इङ्ग्ल्यान्डलाई राम्रो सुरुवात दिलाउनुभएको थियो । निसन्काले पछिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध शतक बनाउनुभएको थियो । त्यसपछि सुस्त विकेटमा इङ्ग्ल्यान्डका स्पिनरले दबाब बनाए । श्रीलङ्का छ ओभरको पावर प्लेमै मात्र ३४ रनमा पाँच विकेट गुमाएर दयनीय स्थितिमा पुगिसकेको थियो ।

श्रीलङ्काका लागि कप्तान डासुन सनाकाले सर्वाधिक ३० रन बनाउनुभयो । इङ्ग्ल्यान्डका स्पिनरले मिलेर सात विकेट लिएर इङ्ग्ल्यान्डको पालि धराशायी बनाए । अफ स्पिनर ज्याक्सले चार ओभरमा मात्र २२ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । ज्याक्स अलराउन्ड प्रदर्शनपछि ‘म्यान अफ दी म्याच’ पनि चुनिनुभयो । अन्य दुई स्पिनर लियाम डसनल २७ रन र आदिल रसिदले १३ रनमा दुई/दुई विकेट लिनुभयो । आर्चरले पनि दुई विकेट लिएर इङ्ग्ल्यान्डको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अर्का तेज बलर जेमी ओभरटनले पनि एक विकेट लिनुभयो ।

यसै गरी सुपर आठको पहिलो खेल शनिबार राति वर्षाले रद्द भएको थियो । खेल हुन नसकेपछि पाकिस्तान र न्युजिल्यान्डले एक/एक अङ्क बाँडेका छन् । श्रीलङ्काको कोलम्बोस्थित प्रेमदासा रङ्गशालामा पाकिस्तानका कप्तान सलमान अली आगाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको थियो तर समूह दुई अन्तर्गत रहेको यो खेलमा एक बल पनि नफालिँदै रद्द भयो । समूह दुईमा श्रीलङ्का र इङ्ग्ल्यान्ड पनि रहेका छन् । एपी

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर