नेभिगेसन मेनु

त्रिकोणात्मक एक दिवसीय सिरिज स्थगित
सम्पादक:南亚网络电视
समय:2026-03-05 12:08

 

 A3CCCA2F-4734-4664-8739-CD5C2C2A7DC2

काठमाडौँ, फागुन २१ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ ।

मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत ६ गतेसम्म हुने तालिका थियो । 

उक्त सिरिजमा नेपालसहित युएई र ओमान समावेश छन् । उक्त प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि शीघ्र सार्वजनिक गरिने क्यानका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

परिस्थितिको मूल्याङ्कन गर्दै खेल तालिका पुनःनिर्धारण गरिने उहाँले बताउनुभयो ।  रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर