नेभिगेसन मेनु

ठूलो परिमाणको गाँजासहित भारतीय कार नियन्त्रणमा
सम्पादक:南亚网络电视
समय:2026-03-15 13:06

 

 IMG-16250920-WA1032

काठमाडौँ, चैत १ गते । महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति करिब साढे ११ बजेतिर विशेष सूचनाको आधारमा रामगोपालपुर नगरपालिका–८ हरिणमरिण–सहसौला कच्ची सडक खण्डमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

खोजतलासका क्रममा महोत्तरीको पूर्वपश्चिम लोकमार्ग हुदै भारततर्फ तर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शङ्कास्पद अवस्थामा बाटोमा रोकिएको भेटिएको प्रहरीले जनाएको छ । 

बर्दीबासस्थित लागु औषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त गस्ती टोलीले उक्त कारको चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २० पोका गाँजा फेला परेको जिल्ला प्रहरीका निरीक्षक विश्वमभरनाथ साहले जनानकारी दिनुभयो ।  

बरामद गाँजा र कार प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका कार चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीको भनाइ छ । 

घटना स्थल बर्दीबासदेखि करिब ३० किलोमिटर दक्षिणतर्फ रहेको छ ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको  छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर