नेभिगेसन मेनु

सम्पदा जोगाउन पदयात्रा
सम्पादक:南亚网络电视
समय:2025-06-10 11:35


sampada

एस् ए टी भी २७ जेठ, काठमाडौंः नयाँ पुस्तालाई सम्पदाको पहिचानसहित सांस्कृतिक महत्व बुझाउने उद्देश्यले सोमबार काठमाडौँमा ‘सम्पदा पदयात्रा प्रतियोगिता–२०८२’ आयोजना गरिएको छ ।

काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन सङ्घको आयोजना तथा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा भएको प्रतियोगितामा स्काउट एकाइ सञ्चालन भइरहेका संस्थागत र सामुदायिक ३३ विद्यालयका ५०८ जनाको सहभागिता थियो । सङ्घका महासचिव पुरुषोत्तम डङ्गोलले सम्पदा यात्रा प्रतियागिता यो नै पहिलो भएको दाबी गर्नुभयो । कक्षा ८, ९ र १० मा अध्ययनरत छात्र र छात्राका आठ/आठ जनाको समूहले करिब आठ किलोमिटर दुरीका काठमाडौँको सम्पदा क्षेत्रहरूको यात्रा गरे । 

महासचिव डङ्गोलले पदयात्रामा अवलोकन गरेका सम्पदाको नक्सा बनाउने, सम्पदाहरूका बारेमा दिइएको विवरणबारे प्रश्नोत्तर गरेपछि केही दिनमा विजेता घोषणा गरिने बताउनुभयो । सम्पदा पदयात्रा वसन्तपुरबाट सुरु भएर झोछेँ, फल्चासा चिलाछेँ, अट्कोनारायण, चिकंमुगल, भीमसेनस्थान, इलाछेँ, काष्ठमण्डप, गणेशस्थान, हनुमानढोका, मखन, इन्द्रचोक, बिजेश्वरी, धिमेल्वहँ स्वयम्भु हुँदै सरस्वती मन्दिरमा समापन गरिएको थियो । 

प्रतियोगिताका संयोजक रञ्जनलाल श्रेष्ठले पुर्खाले छोडेर गएको नासो सम्पदालाई चिन्नु पर्छ, बुझ्नु पर्छ र जगेर्ना गर्नु पर्छ भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बागमती प्रदेश सदस्य शैलेन्द्र वज्राचार्यले कार्यक्रमलाई पुस्तान्तरणका रूपमा लिएको बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर