नेभिगेसन मेनु

आज २५६९औँ बुद्ध जयन्ती !
सम्पादक:南亚网络电视
समय:2025-05-12 12:18

buddha

एस् ए टी भी २९ वैशाख, काठमाडौंः शान्तिका सन्देशवाहक तथा एसियाका तारा सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज देश तथा विदेशका विभिन्न बुद्ध मन्दिर तथा बिहारहरूमा बुद्ध पूजा, आराधना र प्रवचनसहित मनाइँदै छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमामा बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्तिका लागि गरेको योगदानको सम्झनामा यो पर्व मनाइन्छ।

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिसाथ बुद्ध जयन्ती मनाउँछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधार हो’ जस्ता अमर चेतनाका संवाहक गौतम बुद्धको २५६९औँ जयन्ती आज शान्तिको कामनासहित देशभर मनाइँदै छ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारजस्ता स्थानमा लामा र बौद्ध गुरुहरूसँग परम्परागत पूजा र विधि सम्पन्न गर्छन्। सरकारले साँझ घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ।

लुम्बिनी, स्वयम्भू, बौद्धजस्ता स्थानमा विभिन्न कार्यक्रमसहित बुद्ध जयन्ती मनाउने परम्परा छ। इसा पूर्व ५६३ मा, अर्थात् आजभन्दा २५६९ वर्षअघि, रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोदन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानव दुःख देखेर चिन्तित भए। उनन्तीस वर्षको उमेरमा दरबार छोडेर तपस्याका लागि निस्किए। उनले कठोर तपस्या पश्चात् बुद्धत्व पनि आजकै दिन प्राप्त गरेका थिए। भारतको बोध गयामा बुद्धत्व प्राप्त गरी सके पश्चात् संसारका विभिन्न ठाउँ गएर आफूले प्राप्त गरेको ज्ञान बाडेको भन्ने गरिन्छ।

ज्ञान बाँड्दै हिँड्ने क्रममा उनको उनले आजकै दिन महापरिनिर्वाण लिएको बताइन्छ। शान्ति र अहिंसाका वकालत कर्ता गौतम बुद्धले 'आर्य अष्टाङ्ग मार्ग' मार्फत संसारको चेतनाको दियो खोल्ने प्रयास गरेका थिए। उनै शान्तिका प्रचारक भगवान् गौतम बुद्धको सम्झनामा मायादेवी मन्दिर लुम्बिनी तथा अन्य स्तूप तथा विहारहरूमा निकै उल्लासपूर्ण ढङ्गले मनाइन्छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर