नेभिगेसन मेनु

रातभरको प्रयासपछि पनि उठेन विस्का जात्राको लिंगो
सम्पादक:南亚网络电视
समय:2025-04-14 12:53

biska jatra

एस् ए टी भी ०१ वैशाख, काठमाडौँः रातभरको प्रयासपछि पनि आइतबार विस्का जात्राको ल्योसिँद्य (लिंगो) उठाउन सकिएन। भक्तपुरको विस्का जात्रामा उठाइने ५५ हात लामो लिंगो आइतबार राति १ बजेसम्म उठाउने प्रयास भए पनि सोमबार बिहानसम्म त्यो सम्भव भएन। 

नउठेको लिंगोलाई आज उठाएर आजै ढाल्ने परम्परा छ। आज दिउँसो उठाउन सकिए पनि ढाल्ने काम साँझ मात्रै हुने परम्परा छ।

दशकपछि यो वर्ष लिंगो उठाउन नसकिएको हो। विगतमा पनि कहिलेकाहीँ तोकिएको दिनमा लिंगो उठाउन सकिएको थिएन्। ५५ हात लामो र ठूलो लिंगो उठाउन सयौँ युवालाई घण्टौँ समय लाग्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर