नेभिगेसन मेनु

श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले दिए राजीनामा
सम्पादक:南亚网络电视
समय:2024-07-12 12:54
1153

Haranga_0PjOmDEsDz

काठमाडौं : श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन्। 

हालै सम्पन्न आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन्। 

टी–ट्वेन्टी विश्वकपमा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो। राजीनामा दिँदै हसरंगाले एक खेलाडीको हैसियतले टोलीका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन्। श्रीलंका टोलीले यसै महिना भारतसँग तीन टी–ट्वेन्टी र एकदिवसीय शृंखला खेल्दैछ। 

उक्त खेल जुलाई २७ देखि अगस्ट ७ सम्म चल्नेछ। हसरंगाको कप्तानीमा श्रीलंकाले १० टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेकामा ६ खेलमा जित निकालेको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर