नेभिगेसन मेनु

म्याग्दीका किसानलाई आलु भित्र्याउने चटारो
सम्पादक:南亚网络电视
समय:2024-07-03 11:45

scfgnsfg

असार १९ गते । जिल्लाको पहाडी क्षेत्रका किसानहरूलाई अहिले बर्खे आलु भित्र्याउने चटारो छ । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । पहाडी तथा लेकाली हावापानीमा उत्पादित आलु खान स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गर्दछ । 

फागुन महिनामा रोपेको आलु असारको पहिलो साता देखि किसानहरूले खन्न थाल्छन् । असारको पहिलो सातादेखि नै आलु भित्र्याउन थालेको बेनी नगरपालिका–३ भुकभुकेका कृषक पूर्णमाया जिसीले बताउनुभयो । 

“अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो “ व्यक्तिगतका अलावा ७२ रोपनी भन्दा बढी जमिनमा सामूहिक आलु खेती गरेका छौ ।” स्वर्ग श्रम कृषक समूहमा आबद्ध २५ घरधुरीले भुकभुके, बाघ खोर र ठोड्नेरीमा सामूहिक आलु खेती गरेका हुन् । एक जना कृषकले ४ हजार किलोग्राम सम्म आलु बेच्ने गरेको बेनपा–३ भुकभुकेका सोमबहादुर जिसीले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन ।

उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँ लगायत बजार क्षेत्रमा निकासी हुने गरेको छ । जिल्लाबाट वार्षिक ६ करोड भन्दा बढी मूल्यको आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

एक हजार आठ सय रोपनीमा खायन आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । “नौ सय रोपनीमा गरिएको हिउँदे खायन आलु कार्यक्रमबाट २ करोड ५० लाख रुपियाँ मूल्य बराबरको ८३२ मेट्रिक टन उत्पादन भयो,” उहाँले भन्नुभयो “बर्खे आलु प्रवर्द्धन कार्यक्रम पनि ९०० हेक्टरमै सञ्चालन भएको छ । उत्पादनको विवरण सङ्कलन गरिरहेका छौ ।”

कार्यक्रम मार्फत कृषक समूहहरूलाई बिउ खरिद, सिँचाई, ढुवानी गर्ने क्रेट, मिनिटेलर हलो लगायत उपकरण खरिदका लागि  २ करोड बढी अनुदान वितरण गरिएको केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो । 

यस वर्ष खडेरीका कारण आलुको उत्पादकत्व घटेको छ । बेनी नगरपालिका–३ का वडा सदस्य समेत रहनुभएका कृषक रत्न जिसीले गत वर्ष ४ हजार किलोग्राम आलु फलाएका कृषकले यसपालि २ हजार ५ सय किलोग्राम फलाएका बताउनुभयो । क्षेत्रफल बढाएकाले समग्रमा आलु उत्पादन गत वर्षकै हाराहारीमा भए पनि दाना सानो लागेको र कम फलेको अर्का कृषक सोम बहादुर जिसीले बताउनुभयो । 

म्याग्दीको आलु जिल्ला सदरमुकाम बेनी बजारका साथै काठमाडौँ, पोखरा, चितवन, पर्वत, बागलुङको बजारमा निकासी हुने गरेको छ । बजारको सहज सुविधा नभएकाले सस्तोमा आलु बिक्री गर्नुपरेको बेनपा–३ का कृषक सोविना बोहोराले बताउनुभयो । प्रतिकिलो ३० देखि पचास रुपियाँ सम्म आलु बेच्ने गरिएको उहाँले बताउनुभयो । किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । 

बेनी नगरपालिकाले आलु लगायतका कृषि उपज भण्डारण गरेर बेमौसममा बिक्री गर्नका लागि सिङ्गामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह बनाएको छ । 

चिस्यान गृहमा हाल केही कृषकले बिउ आलु भण्डारण गरेका र बिउका लागि थप आलु पनि भण्डारण गर्न सकिने बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । 

म्याग्दीमा एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा गत वर्ष २५ हजार ४१० मेट्रिक टन उत्पादन भएको थियो । स्थानीय सेतो, रातो जातको आलु, निलो, कुफ्रिज्योती, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर