नेभिगेसन मेनु

गोसाइँकुण्डका अध्यक्ष कमरेड दलाई लामाको दैलोमा
सम्पादक:南亚网络电视
समय:2024-06-10 12:06

dalailama_gGCYL2sXIV

तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र नेपालको एक स्थानीय पालिकाका जनप्रतिनिधिबीच भेटघाट भएको छ ।

भारतमा शरणार्थी जीवन बिताइरहेका लामाको शरणमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तथा एमाले जिल्ला कमिटीका उपसचिव कैसाङ नुर्पु तामाङ सपरिवार पुगेको तथ्य फेला परेको छ । सामाजिक सञ्जालमार्फत तस्बिरहरू सेयर गर्दै उनले भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

फेसबुकमा लेखेका छन्, ‘लामो पर्खाइपश्चात् आदरणीय दलाई लामाको दर्शन गर्ने मौका प्राप्त भो, त्यसका लागि म्याकलोडगञ्ज धर्मशालाका सम्पूर्ण लामा गुरुज्यूहरू र गुरुको टिममा रहनुहुने विशेष व्यक्तिहरू, साथै समय मिलाइदिनुहुने मेरो आदरणीय आफन्तजनलाई धेरै धेरै धन्यवाद ।’

लामासँगको भेटघाटबारे सोध्दा आक्रोशित हुँदै फोन काटे । भने, ‘यो मेरो पर्सनल कुरा हो । तपाईंलाई किन भनिरहनुप¥यो ?’ गत स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी २ हजार ५ सय ६३ मतसहित विजयी भएका थिए । स्थानीय तहका जनप्रतिनिधिको विवादास्पद धर्मगुरुसँग उठबस रहेको देखिएपछि चर्को आलोचना भइरहेको छ ।

यता, चिनियाँ पक्ष पनि चिढिएको छ । लामा चीनविरोधी गतिविधिको नाइकेको रुपमा परिचित छन् । नेपाल–चीन सीमा क्षेत्रमा रहेका स्थानीय तह र नेपाली भूभागबाट हुने विरोधी गतिविधिप्रति चिनियाँ पक्ष निकै संवेदनशील छ ।

नेपालका जनप्रतिनिधि तथा जिम्मेवार अधिकारीले जानीजानी विभिन्न बहानामा चीनविरोधी गतिविधि गर्ने गरेको समाचार बेलाबखत प्रकाशित हुने गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर