नेभिगेसन मेनु

काठमाण्डौमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी
सम्पादक:南亚网络电视
समय:2024-06-16 19:07

IMG_2028

उच्च शिक्षा प्रदर्शनी बारे जानकारी गराउनुहुदै नेपालस्थित चिनियाँ दूतावासका डिसीएम वाङ् सिन (बीचमा), नेपाल चाइना मीडिया फोरम तथा जनआस्थाका अधक्ष्य किशोर श्रेष्ठ (बायाँ), नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अधक्ष्य प्रा. डा. हरिश्चन्द्र साह(दायाँ)। तस्बिर- विशाल श्रेष्ठ / एस् ए टि भी

एस् ए टि भी, असार २ गते। चीनमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरु र तीनका अभिभावकहरुलाई लक्षित गरि काठमाडौंमा आउँदो असार ४ गतेदेखि बृहत चिनियाँ शैक्षिक प्रदर्शनी हुने भएको हो। चीन छात्रवृत्ति परिषद र नेपालस्थित चिनियाँ दूतावसको संयुक्त आयोजनामा बौद्धस्थित ह्यात होटलमा हुन गइरहेको प्रदर्शनी बारे नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषदले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो।

WeChat截图_20240616161825

प्रदर्शनीमा चीन छात्रवृत्ति परिषदको नेतृत्वमा ३१ विश्वविद्यालय बाट ६३ जना पदाधिकारीको सहभागिता रहने भएकोले पनि प्रदर्शनी महत्त्वपूर्ण हुने आयोजकले विश्वास जनाएको छ। असार ४ गते मंगलबार बिहान ९:३० बजे माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि महामहिम चिनियाँ राजदूत छन् सोडले संयुक्त रूपमा उद्घाटन गर्नुहुने सो समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्व विद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने छ।

IMG_2015

पछिल्ला दिनहरुमा चीनमा ईन्जिनीयरिंग, चिकित्सा शास्त्र, कृषि, वन विज्ञान, सञ्चार लगायतका विभिन्न् विषयहरुमा अध्ययन गर्न जाने नेपालीहरुको संख्या बढिरहेको वास्तविकतालाई मध्यनजर गर्दै चीनमा सरकारी विश्व विद्यालयहरुले दिने प्राविधिक शिक्षा र सो को पाठ्यक्रम, मासिक तथा वार्षिक शुल्क, छात्रबृत्ति लगायतका विविध विषयमा कार्यक्रममा चिनियाँ प्रोफेसरहरुसँग प्रत्यक्ष रुपमै छलफल गर्ने व्यवस्था मिलाईएको समेत आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनको अन्य तस्बिरहरू:

WeChat截图_20240616163335

IMG_1988

IMG_1996

IMG_1999

IMG_2001

IMG_2010

IMG_2012

IMG_2015

IMG_2016

IMG_2019

IMG_2022

IMG_2023

IMG_2024

IMG_2028

IMG_2035

IMG_2046

IMG_2049

IMG_2055

IMG_2059

IMG_2067

IMG_2072

IMG_2074

 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर