नेभिगेसन मेनु

काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने
सम्पादक:南亚网络电视
समय:2024-06-16 12:18

clouds_from_above

काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ। आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिए। 

मौसमविद् पुडासैनीका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए। शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुनेछ।

आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ। शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर