नेभिगेसन मेनु

दुई दिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन सफलतापूर्वक सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-06-14 15:51

WeChat截图_20240614124554

एस् ए टि भी, जेठ ३२ गते। काठमाण्डौको भृकुटीमण्डपमा दुई दिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको आज बिहान सफलतापूर्वक उद्घाटन भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङद्वारा नाइटको उद्घाटन गरिएको हो।

WeChat截图_20240614122351

टुरिजम सम्बन्धीको यस प्रदर्शनी आज जेठ ३२ र भोलि असर १ गते सम्म रहने छ। १६ देश भेला भई आयोजना भएको यस प्रदर्शनीको मुख्य उद्देश्य नेपालको पर्यटनलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने रहेको छ।

समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाण्डौ महानगरपालीकाको सहयोग एम विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना भएको यो प्रदर्शनीलाई नेपालीकै सबै भन्दा ठूलो प्रदर्शनी, एक मेघा इभेन्ट मानिएको छ।

C0114T01

काठमाण्डौ महानगरपालीकाले यस टुरिजम एक्सपोमा आफ्नो कला कौशल, संस्कृति तथा धार्मिक मान्यता झलकाउँदै विभिन्न आँखाहरुलाई आकर्षित गर्न थुप्रै प्रदर्शनहरु समेटेको छ। काल भैरवको प्रतिमा राख्दै काठमाण्डौ महानगरपालीकाले आफ्नो सहर, देश र देशबासीको आस्थालाई दर्शाएको छ। 

C0133T01

हातले बुनिएको विश्व प्रख्यात साना देखि ठूला नेपाली गलैँचाहरूले पनि प्रदर्शनीमा थुप्रै भीड भेला पार्यो। अहिलेका नयाँ नयाँ पिँढीहरु ले प्रदर्शनीमा गलैँचा बुन्दै आफ्नो कला र कला, संकृतिप्रतिको आफ्नो प्रेम झलकाउदै थिए। 

C0125T01

साथै तराईबासी नेपाली दाजुभाईका महान मैथिली कला संस्कृति झल्काउने थुप्रै मिथिला कला सामग्रीहरू पनि प्रदर्शनी गर्न राखिएका थिए। त्यसैगरी, परालको गुन्द्री, बस्छ्यौना, नेवारी संस्कृतिको पनि कार्यक्रममा प्रदर्शनी रह्यो। 

C0129T01

नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बन्धी व्यवसायी ९होटेल, रिसोर्ट, होमस्टे, ट्राभल टुररट्रेकिङरमाउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स, सरोकारवाला व्यक्ति तथा निकायलाई एकै ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धनको लक्ष्य लिएको छ। यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता रहेका छ्न् भने २५० ऋता तथा १ हजार भन्दा बढि आगन्तुकको सहभागिता रहने अनुमान गरिएको छ।

यस्तै एक्सपोमा बिहार टुरिजम, टुरिजम मलेशिया समेत सहभागिता जनाउने छन्। मुलतः पर्यटन व्यवसायी बीचको सहकार्यलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेल्ने यस्तो प्रदर्शनी अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथा व्यापारको व्यापक विस्तार गराउने विश्वास छ । त्यसैगरी, भुटान, थाइल्याण्ड, बंगलादेश, भारत, श्रीलंका लगायतका थुप्रै देशहरुले पनि व्यापार, पर्यटन र सम्बन्ध बढाउन लाई आफ्नो आफ्नो स्टल राखेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर