नेभिगेसन मेनु

नाउपा संसदीय दलको नेता अहिले पनि म नै हो : रञ्जिता श्रेष्ठ
सम्पादक:南亚网络电视
समय:2024-07-02 12:09

ranjita-shrestha_nSCTuatyjG

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा अझै आफू नै रहेको प्रष्ट पारेकी छन्।

उनले संसदीय दलको नेता फेर्ने विषयमा कुनै पनि छलफल नभएको र संसद् सचिवालयमा पठाइएको पत्रमा झुट्टा विवरण राखिएको दावी गरेकी छन्।

“पार्टीमा माननीयज्यूहरुले जुन हर्कत देखाउनुभयो, यो विषयमा सरसल्लाह नै नगरी, बैठक नबसी निर्णय दिनुभयो, यो आफैँमा गलत हो। त्यो पत्र संसद् सचिवालयमा पठाइएको छ‚’ उनले भनिन्, ‘सचिवालयमा विधान, कानुन होला। यसलाई अतिरञ्जित बनाउनुपर्ने कुनै कारण छैन। हरेक पार्टीमा अन्तरकलह, अन्तरद्वन्द्वको स्थिति हुन्छ। नयाँ विषयवस्तु होइन, सामान्य रूपमा लिएकी छु।”

उनले काठमाडौँबाहिर कोठे बैठक बसेर पत्रमा भने संसदीय कार्यालयमा बसेको भन्ने ब्यहोरा उल्लेख गरिएको दावी गरिन्। 

“मन्त्री बन्ने भनेर जुन कुरा बाहिर आएको छ, उहाँहरूबीचमा यो नगर्नुभएको भए हुनेथियो। पार्टी अध्यक्ष म नै छु र अहिलेसम्म संसद् सचिवालयमा म नै कायम छु‚ परिवर्तन भएको छैन‚’ उनले भनिन्, ‘उहाँहरूले बुझाउनुभएको पत्रमा विहान १० बजे संसदीय दलको कार्यालयमा बसिएको बैठक भन्नु भएको छ। त्यो वेला उहाँहरू काठमाडौँमा हुनुहुन्न।”

उनले त्यो पत्रमा डिजिटल हस्ताक्षरको कुरा पनि बाहिर आइरहेको बताइन्। 

“परिवर्तन नै गर्नुपर्ने भए पनि आन्तरिक सल्लाह लिएर जानुभएको भए वेटर हुनेथियो। काठमाडौँबाहिर टीकापुरमा कोठाभित्र गरिएको छलफललाई कार्यालयमा बसेको भनिएको छ‚’ उनले भनिन्, ‘सचिवालयमा बुझाइएको पत्र कम्प्युटराइज्ड, डिजिटल हस्ताक्षर हो भन्ने कुरा आइराछ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर