नेभिगेसन मेनु

स्थानीय तहले बनाएनन् विपत् प्रतिकार्य योजना
सम्पादक:南亚网络电视
समय:2024-06-29 15:00

112

धनगढी, असार १५ गते । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहले मनसुनजन्य विपत्बाट जनतालाई जोगाउनका लागि अझै पनि विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन् । मनसुन लागे पनि कैलालीका स्थानीय तहले यो वर्षका लागि अझै विपत् प्रतिकार्य योजना बनाउन नसकेका हुन् । जिल्लामा बर्सेनि सबैभन्दा बढी बाढी, डुबानलगायतका मनसुनजन्य विपत्को सामना गर्दै आएका स्थानीय तहमा समेत यो वर्षको विपत् प्रतिकार्य योजना बनेको छैन । यद्यपि त्यसको तयारीमा जुटेको स्थानीय तहले जनाएका छन् । 

मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण र व्यवस्थापनका लागि तीन तहका सरकारले हरेक वर्ष विपत् प्रतिकार्य योजना बनाउनु पर्छ । सोही योजनाका आधारमा विपत्का बेला उद्धार, व्यवस्थापन, राहत वितरण र पुनस्र्थापनालगायतका कार्य हुने गर्दछ तर स्थानीय तहसहित प्रदेश सरकारले बेलैमा विपत् प्रतिकार्य योजना बनाएको देखिँदैन । 

प्राकृतिक विपत् बाजा बजाएर नआउने भएकाले विपत् आउनुपूर्व नै विपत् प्रतिकार्य योजना तयार गर्नुपर्नेमा असार लागेपछि बल्ल स्थानीय तहमा यसको सुरसार हुने गरेको देखिएको छ । मनसुन लागेकाले विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको भजनी नगरपालिकाका विपत् व्यवस्थापन शाखाका विष्णु न्यौपानेले बताउनुभयो । 

उहाँले भजनीमा यस वर्षको विपत् प्रतिकार्य योजनाको ड्राफ्ट तयार भइसकेको जनाउँदै अनुमोदन गर्न बाँकी रहेको जनाउनुभयो । न्यौपानेले भन्नुभयो, “त्यसकै लागि आज एउटा बैठक बसिरहेको छ । हामीले ड्राफ्ट तयार पारिसकेका छौँ । असार २५ भित्रै विपत् प्रतिकार्य योजना अनुमोदन हुन्छ ।” कैलालीमा सबैभन्दा बढी बाढी, डुबान समस्या हुने पालिका भजनी हो । गत वर्ष यो पालिकामा बाढीका कारण दुई हजार ३४२ घरपरिवार प्रभावित भएका थिए । बाढी, डुबानमा परेकाको व्यवस्थापनका लागि सो पालिकामा १७ वटा सुरक्षित भवन निर्माण गरिएको छ । वडा नम्बर ३, ५ र ८ मा ती भवन रहेको न्यौपानेले बताउनुभयो । 

भजनीपछि जोशीपुर, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकामा पनि मनसुनजन्य विपत्को उच्च जोखिम रहेको छ । यी पालिकाले पनि विपत् प्रतिकार्य योजना बनाइसकेका छैनन् । जोशीपुर गाउँपालिकाका विपत् व्यवस्थापन शाखाका सीता सिंहले विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको बताउनुभयो । “यसमा बजेट छैन । त्यसैले तथ्याङ्क अद्यावधिक गर्ने कार्यमा म एक्लै लागेकी छु,” उहाँले भन्नुभयो, “असारभित्रै विपत् प्रतिकार्य योजना बनाउने गरी तयारीमा जुटेका छौँ ।” जोशीपुर गाउँपालिकामा गत वर्ष बाढीबाट २१० घरपरिवार प्रभावित भएका थिए । 

मोहना, कान्द्रा, काँढा, पथरैया नदीको बाढीले भजनी, जोशीपुरलगायत जिल्लाको पूर्वी क्षेत्रमा समस्या गर्ने गरेको छ । कर्णाली नदीले टीकापुर नगरपालिका र जानकी गाउँपालिकालाई समस्या पार्दै आएको छ । 

मोहना, कटैनी, घुरहा नदीका कारण बर्सातमा डुबान समस्या झेल्दै आएको कैलारी गाउँपालिकाले पनि अझै विपत् प्रतिकार्य योजना बनाइसकेको छैन । यस वर्षको विपत् प्रतिकार्य योजना अद्यावधिक गर्न बाँकी रहेको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले बताउनुभयो । जिल्लाको तराई क्षेत्रमा बाढीका कारण डुबान समस्या हुने गरेको छ भने पहाडी पालिकामा पहिरोको समस्या छ । पहिरोका कारण विस्थापित भएका चुरे गाउँपालिकाको १२० परिवारको अझै पुनस्र्थापना हुन सकेको छैन । सो पालिकामा पहिरोबाट ५१८ घरपरिवार प्रभावित भएका थिए । 

चुरेको वडा नम्बर ४ का सउन, बाजी, वनद्वार, वडा नम्बर ५ का काफलगैँडा, पटरेनी, गुणी, खानीडाँडा काफलगैँडा र सल्लेरी, वडा नम्बर ६ को बगेडी, बसडी, गौजना, तल्लो गौजना, तितरेलगायतका गाउँका स्थानीय पहिरोका कारण विस्थापित भएका थिए ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर