नेभिगेसन मेनु

पढ्दै सिक्दै कमाउँदै विद्यार्थी
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:58

Bajura-कृषक-नाथको-तरकारी-नष्ट

जेठ २८ गते  । बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयमा सञ्चालन गरेको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । परम्परागत सिप लोप भइरहेका बेला नगरपालिकाले ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रमको अवधारणा ल्याएर विद्यार्थीलाई विभिन्न सामग्री निर्माण गर्न लगाएको छ । 

विद्यार्थीले विद्यालयमै सिप सिक्नुका साथै सामग्री निर्माण गरेर पैसा कमाउने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीले निगालोबाट बन्ने डोका निर्माण गरेर पढ्दै सिक्दै कमाउँदै गरेका छन् । विद्यार्थीलाई सिपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयमा यस किसिमको सामग्री निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीले निर्माण गरेका सामग्री पालिकाले नै खरिद गर्दै आएको छ । नगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्ने गरेर पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो । 

पहिलो पटक चोयाकोट माध्यमिक विद्यालयबाट कार्यक्रम लागु गरेर विद्यार्थीले निगालोको डोका बुन्न सुरु गरेका छन् । उहाँका अनुसार चोयाकोट माविमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तर्गत निगालोबाट निर्माण गरिने डोका बुनेर सिप सिकिसकेका छन् । चोयाकोटका विद्यार्थीले ५० वटा डोका बनाएर नगरपालिकालाई हस्तान्तरण गरेको प्रधानाध्यापक गोरखबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार परम्परा सिपको पहिचान र प्रवर्धन गर्न विद्यालयमा पढ्दै सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । “यो कार्यक्रमले पालिकाको गरिमा बढ्ने, यसबाट आम्दानीको स्रोत बढ्ने भएका कारण सबै पालिकामा यो अवधारणा ल्याउनुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर