नेभिगेसन मेनु

राष्ट्रिय गौरवका आयोजनालाई बजेट
सम्पादक:南亚网络电视
समय:2024-06-07 14:27

223

धनगढी, जेठ २५ गते । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरवसहितका ठुला तथा बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको छ । सरकारले सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर यस प्रदेशमा रहेका ठुला एवं बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको हो । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट प्रस्तुत गर्नुभएको थियो । 

सङ्घीय सरकारले कैलालीमा रहेको राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि दुई अर्ब ८७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस आयोजनाको प्रथम चरणको १४ हजार तीन सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको योजना छ ।

यसै गरी लम्की मूल नहर अन्तर्गतको शाखा नहर निर्माण सुरु गर्ने मन्त्री पुनले बजेट भाषणमा घोषणा गर्नुभएको छ । कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती शाखा विस्तारको कार्यलाई अगाडि बढाउने सरकारको योजना छ । ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार छ सय हेक्टर जमिनमा सिँचाइ सेवा थप गरिने जनाइएको छ । यस आयोजनाका लागि सरकारले दुई अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै गोदावरी नगरपालिकास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने सरकारको घोषणा छ । लामो समयदेखि मोडालिटीमै अल्झिएको यो विश्वविद्यालयमा गत वर्षबाट अस्पताल भने सञ्चालनमा रहेको छ । 

यसै गरी धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने मन्त्री पुनले घोषणा गर्नुभयो । नेपाल सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित यहाँ खेलग्राम बनाउने यसअघि नै निर्णय गरेको थियो । त्यसका लागि चालु आवभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कार्य अगाडि बढेको छ । सरकारले कञ्चनपुरमा दैजी छेला उद्योग निर्माणको काम अगाडि बढाउने, महाकाली कोरिडोर र सेती लोकमार्गको स्तरोन्नति गर्ने, डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको छ । आगामी आवको बजेटमा यस प्रदेशका लागि सङ्घीय सरकारले पुराना, बहुवर्षीय आयोजनालाई प्राथमिकता दिएको देखिएको छ । नयाँ कार्यक्रमका रूपमा कञ्चनपुरको चाँदनी दोधारामा नयाँ बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका आयोजनाका लागि छुट्याएको बजेट आशा गरेभन्दा थोरै रहेको निजी क्षेत्रको ठहर छ । विगतमा बजेट आउँदा कार्यान्वयन हुन नसकेको भन्दै यस पटक धेरै जसो आयोजनाका लागि बजेटै नरहेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले बताउनुभयो । 

“ठुलो रोजगारीको क्षेत्र पर्यटन हो तर पर्यटनका लागि पनि निकै न्यून बजेट छ,” सिंहले भन्नुभयो, “पछिल्लो समय पर्यटकीय हब बन्ने तरखरमा रहेको अपि, सैपाल क्षेत्रमा पूर्वाधार निर्माणका लागि सरकारले बजेट राख्नु पथ्र्यो तर पूर्वाधारको हकमा बजेट भएन । पूर्वाधार नै हुँदैन भने आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य कसरी पूरा हुन सक्छ ?”   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर