नेभिगेसन मेनु

मगर गोही प्रजनन केन्द्र व्यवस्थापन
सम्पादक:南亚网络电视
समय:2024-06-20 12:00

magar

असार ६ गते । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालको सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन केन्द्र व्यवस्थापन गरिएको छ । 

दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको तालको पूर्वतर्फ र पश्चिमतर्फ दुई वटा गोही प्रजनन केन्द्र स्थापना गरिएका छन् । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा डल्फिन संरक्षण केन्द्रले दुई वटा गोही प्रजनन केन्द्रको उचित व्यवस्थापन गरेको हो । मगर गोही प्रजनन केन्द्र व्यवस्थापनमा खटिएका कृष्ण चौधरीले डुङ्गाको सहायताले बालुवा बोकेर प्रजनन केन्द्र व्यवस्थित गर्ने काम भएको बताउनुभयो । 

घोडाघोडी सिमसार क्षेत्रमा वर्षमा दुई पटक चरा गणना हुँदै आए पनि सूचक प्रजातिका रूपमा रहेको मगर गोहीको गणना भने हुन सकेको छैन । डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष हिरूलाल डङ्गौराले चरा गणना हुँदै आए पनि मगर गोही गणना अहिलेसम्म हुन नसकेको बताउनुभयो । उहाँले चरा गणनाका क्रममा आफूले आठ वटा वयस्क मगर गोही तालमा देखेको बताउनुभयो । उहाँले एउटा वयस्क मगर गोहीले ३० देखि ३५ वटासम्म अन्डा दिने जनाउनुभयो । 

चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले गत हप्ता नेटवर्कको नेतृत्वमा सूचक प्रजातिको गणना भएको जनाउँदै गर्मी मौसम भएकाले खासै धेरै मगर गोही नदेखिएको बताउनुभयो । उहाँले घोडाघोडी, ओजुवालगायत तालमा सात वटा गोही देखिएको जनाउँदै गर्मी मौसममा गोही पानीभित्रै बस्ने भएकाले पनि यकिन गणना हुन नसकेको जानकारी दिनुभयो ।

गर्मी मौसममा मगर गोहीले अन्डा पार्ने र बच्चा कोरल्ने भएकाले बालुवा भएको ठाउँ खोज्ने गर्छन् । नेटवर्कका सचिव चौधरीका अनुसार यहाँ अधिकांश गोहीले प्रजनन केन्द्रमा अन्डा पार्ने गरेका भए पनि कतिपयले नजिकका डोडा, कौवा नदीमा समेत अन्डा पार्ने गरेको बताउनुभयो । 

तालबाहिर गई अन्डा दिने गर्नाले मगर गोहीका बच्चा खेतबारी, कुलोमा समेत भेटिने गरेका छन् । विगतमा विभिन्न ठाउँबाट उद्धार गरी गोहीका बच्चा घोडाघोडी तालमा छोड्ने गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर