नेभिगेसन मेनु

रुख ढलेर घर च्यापिदा वृद्धको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:13

images

जेठ २२ गते । टीकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ मा रुख ढलेर ७० वर्षका दलु पुरीको ज्यान गएको छ । 

सोमबार राति ९ बजेतिर आएको हावाहुरीले हल्दुको रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिनुभयो ।

मृतक पुरीका छोराहरू बाजुरामा रहेका र घटनापछि टीकापुर आउन लागेका छन् । वडा नम्बर १ कै गणेशपुर र ज्योति नगरमा पनि एउटा एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ ।

टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका  विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर