नेभिगेसन मेनु

पाँच बजेपछि गाउँ प्रवेशमा रोक
सम्पादक:南亚网络电视
समय:2024-06-27 11:30

til-gau,-humla-Rajan

असार १३ गते । नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीको तिलगाउँमा बेलुका ५ बजेपछि स्थानीयले बाहिरबाट आउने जोकसैलाई पनि घर प्रवेशमा रोक लगाउने गरेको पाइएको छ । गाउँवासीले व्यक्तिगत सुरक्षाको कारण देखाउँदै सो समयपछि घर प्रवेशमा रोक लगाउने गरेका हुन् । 

चार दिनअगाडि तिलगाउँ पुगेका कर्मचारी तुलबहादुर तामाङले साँझ ७ बजे हिल्साबाट तिल गाउँ पुगेको भए पनि स्थानीयले बास बस्न नदिएको गुनासो गर्दै सामुदायिक भवनमा बस्नु परेको बताउनुभयो । उहाँसहित चार जनाको समूह हिल्साबाट तिलगाउँ बास बस्ने गरी गएको थियो । ५ बजेबाट स्थानीयले घर प्रवेश गर्ने ढोका बन्द गरेर परिवारका सदस्य घरभित्र बस्ने गरेको र बोलाउँदा कोही पनि बाहिर नआउने तामाङले बताउनुभयो । उक्त रातभर त्यत्तिकै जाग्रम बस्नु परेको उहाँको भनाइ छ । 

तिलगाउँका स्थानीय फुली तामाङले व्यक्तिगत सुरक्षाका कारण गाउँवासीको साझा निर्णय अनुसार बेलुका ५ बजेपछि गाउँमा आउनेलाई घर घरमा बास बस्न नदिने गरिएको बताउनुभयो । यसअघि ७ बजेपछि गाउँमा आउने जोकोहीलाई घरमा प्रवेश गर्न नदिने गरिएकामा हाल भने ५ बजेको समयसीमा निर्धारण गरिएको हो । तिलगाउँमा २२ घरधुरी छन् । सात घरधुरीमा मानिस बाहिर गएका कारण ताला लगाइएको छ । यहाँका अधिकांश युवा चीनको ताक्लाकोटमा काम गर्न जाने गर्छन् । केही काठमाडौँमा रहेका छन् । गाउँमा ज्येष्ठ नागरिक र बालबालिका मात्रै बस्ने भएकाले साँझ ५ बजेपछि गाउँ आएर बस्न खोज्ने जोकोहीलाई बास बस्न नदिने गरिएको उहाँले स्वीकार गर्नुभयो । लुटपाट, चोरी, बलात्कार, जङ्गली जनावरबाट बच्नका लागि गाउँलेले यो नियम लागु गरेको बताइन्छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर