नेभिगेसन मेनु

चीनसँगको सीमा स्तम्भ उच्च जोखिममा
सम्पादक:南亚网络电视
समय:2024-06-17 12:08

adfhbasdf

असार ३ गते । नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो ।

केही समय अगाडी अनुगमनमा जानु भएका प्रहरी निरीक्षक नरेन्द्र चन्दले  नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका– ५ को हिल्साको किटको पहिरो जाने भिरालो जमिनको चट्टानमा लेखेर निर्माण गरिएको दुई देशको सिमाना छुट्टाउने सीमा स्तम्भ नम्बर ७ ( १) पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । भिरालो पहिरो गएको जमिनमा रहेको चट्टान मै सीमा स्तम्भको नम्बर लेखिएको कारण कुनै पनि बेला पहिरो तथा हिम पहिरो जाने जोखिममा रहेको उहाँले बताउनुभयो । उक्त स्तम्भ नेपालले हेर्ने सीमा स्तम्भका रूपमा पर्छ । उहाँले बेलैमा यसको संरक्षण गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

दुई देशका सुरक्षाकर्मीको उपस्थितिमा सुरक्षित स्थानमा उक्त सीमा स्तम्भ निर्माण गर्नु आवश्यक देखिएको उहाँले बताउनुभयो । उक्त सीमा स्तम्भ २०६३ सालमा चट्टानमा लेख्ने कार्य गरिएको हो । त्यसअघि भने जमिन मै सीमा स्तम्भ निर्माण गरिएको बताउँदै हिल्सामा स्थानीय कुंगा लामाले त्यति बेला पहिरोले सीमा बगाएको कारण चट्टानमा लेख्ने कार्य गरिएको बताउनुभयो । यसअघि सो चट्टानमा लेखिए कै अवस्थामा पहिरोले पुरिएको थियो । पछि सुरक्षाकर्मीहरूले सीमा स्तम्भ पुरिएको स्थानको ढुङ्गाको पहिरो पन्छाएर सफा गर्नु परेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर