नेभिगेसन मेनु

कर्णाली प्रदेशका आधाभन्दा धेरै परिवार अति विपन्न
सम्पादक:南亚网络电视
समय:2024-06-07 14:26

karnali-pradesh-map

सुर्खेत, जेठ २५ गते । कर्णाली प्रदेशका आधाभन्दा बढी परिवार अति विपन्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कले प्रदेशमा बसोबास गर्ने आधाभन्दा बढी परिवार सङ्ख्या अति विपन्न रहेको देखाएको छ । कर्णालीमा बसोबास गर्नेमध्ये ८० प्रतिशत परिवार न्यून वर्गका रहेका छन् । 

मुलुकका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये कर्णाली प्रदेशमा तीन लाख ६६ हजार ३७ परिवार बस्छन् । यसमध्ये ८० प्रतिशत गरिब छन् । यसमध्ये पनि ५१.३ प्रतिशत अर्थात् आधाभन्दा बढी परिवार सङ्ख्या अति विपन्नताको अवस्थामा छन् । यसले कर्णाली प्रदेशमा बस्ने परिवार उच्च जोखिममा रहेको तथ्यले दर्साएको छ । जनगणनाले नेपालका सम्पूर्ण परिवारलाई अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च गरी पाँच वर्गमा विभाजन गरी अध्ययन गर्दा करिब ८० प्रतिशत न्यून अर्थात् गरिब परिवार कर्णाली प्रदेशमा बसोबास गरिरहेको देखाएको छ ।

तीमध्ये ५१.३ प्रतिशत अति न्यून र २७.९ प्रतिशत न्यून गरी कुल ७९.२ प्रतिशत न्यून वर्गका परिवार कर्णाली प्रदेशमा बसोबास गरिरहेको तथ्याङ्क छ । यसले अझै पनि कर्णाली प्रदेशमा यातायातको साधनमा पहुँच नभएको, खाना पकाउन र बत्ती बाल्न प्रयोग गरिने इन्धन सेवासुविधा पर्याप्त नपुगेको, आधुनिक शौचालयको पहुँचमा कमी, घरको संरचना आधुनिकलगायतमा अझै पनि पहुँच नपुगेको देखाएको छ ।

३७.९ प्रतिशत बालविवाह

कर्णाली प्रदेशमा बालविवाह दर पनि उच्च देखिएको छ । ३७.९ प्रतिशतको दरले बालविवाह हुने गरेको देखिएको छ । जिल्लागत तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको पाइएको छ । सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले विवाह गर्ने गरेका छन् ।

जनगणनाको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा कुल १२.५ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको छ । महिलाको नाममा घर र जग्गा दुवै हुने परिवार ६.२ प्रतिशत रहेको छ । महिलाको रोजगारको अवस्थालाई हेर्दा ३३ प्रतिशत महिलाले पारिवारिक योगदानमा सहयोग पु¥याएका छन् । २५.७ प्रतिशत महिला आंशिक काम गर्ने, ३२.४ प्रतिशत महिला विभिन्न पेसा व्यवसाय, ४१ प्रतिशत औपचारिक, ५८ प्रतिशत अनौपचारिक, ८२ प्रतिशत कृषि र ८.६ प्रतिशत महिला रोजगारदाताका रूपमा कार्य गरी आर्थिक उपार्जनमा सव्रिmय भएको पाइएको छ । यद्यपि कर्णाली प्रदेशका महिलाको आर्थिक अवस्था अझै पनि निकै नाजुक नै रहेको पाइन्छ ।

बालमृत्यु दर

कर्णाली प्रदेशको बालमृत्यु दर राष्ट्रिय औसतभन्दा बढी छ । लैङ्गिक अनुपात ९५.२७ रहेको कर्णाली प्रदेश नगरपालिकामा जनसङ्ख्या ५२.१ प्रतिशत रहेको छ । गाउँपालिकामा जनसङ्ख्या ४७.९ प्रतिशत रहेको छ । प्रदेशभर ३७.९ प्रतिशत महिलाको विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखिन्छ । यो प्रदेशमा बालविवाह गर्ने र माध्यमिक शिक्षा पूरा नगर्नेको सङ्ख्या बढी छ, जसले गर्दा प्रतिएक लाख जीवित बच्चा जन्मँदा १७२ आमाको मृत्यु हुने गरेको छ ।

औसत आयु ६३ वर्ष भएको कर्णाली प्रदेशमा महिलाको स्वास्थ्य अवस्था निकै कमजोर छ । कम उमेरमा विवाह र २० वर्षभन्दा पहिला नै बच्चा हुने हुँदा र पोसिलो खानाको कमीले पाठेघर खस्नेलगायत प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या यस प्रदेशका महिलाले भोगिरहेका छन् । 

करिब ३५ प्रतिशत महिला घरमा नै सुत्केरी हुने गर्छन् । भौगोलिक विकटता र अपायक स्वास्थ्य चौकी भएकाले कतिपय अवस्थामा बाटोमा नै सुत्केरी भएको तितो यथार्थ कर्णाली प्रदेशमा देखिन्छ । जनगणना–२०७८ अनुसार कर्णाली प्रदेशको युवा साक्षरता दर ६६.१७ प्रतिशत रहेको छ । महिला साक्षरता भने ६९.४ प्रतिशत देखिन्छ । यस प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा साक्षरता दर सबैभन्दा बढी ७४ प्रतिशत र कालीकोटमा सबैभन्दा कम ६३.६४ प्रतिशत रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर