नेभिगेसन मेनु

लिमीका सात जना बालबालिकालाई आइपिभी खोप
सम्पादक:南亚网络电视
समय:2024-05-31 11:49

1717071738483

जेठ १८ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा सात जना बालबालिकाले पोलियो (आइपिभी) विरुद्धको खोप लगाएका छन् । जिल्लाभर १३ गतेबाट अभियान सुरु भए पनि लिमीमा ढिलो गरी खोप पुगेका कारण खोप लगाउ ढिला भएको हो ।

लिमीका तीन मध्य हल्जी गाउँमा मात्र यो खोप लगाउने सात जना बालबालिका भएको र उनीहरु सबैलाई सुनखानी आबि खोप केन्द्रमा खोप लगाउने कार्य पूरा भएको लिमी स्वास्थ्य चौकीका गोर्खबहादुर भण्डारीले बताउनुभयो ।

यो खोप लगाउन छुटेका पाँचदेखि आठ वर्षसम्मका दुई बालिका र पाँच बालकले खोप लगाएका हुन् । स्वास्थ्यकर्मीले खोप बोकेर लिमी पुर्याएका थिए ।

यस पटक आइपिभी खोप भने लिमीका बालबालिकाले समय मै लगाउन पाएका छन् । लिमीका तील र हल्जी गाउँमा भने यो उमेर समूहका बालबालिका रहेका छैनन् । अन्य नियमित खोप भने अन्य चार जना बालबालिकाले लगाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर