नेभिगेसन मेनु

सत्ता केन्द्रित राजनीतिले अस्थितरता बढायो : नेता डा.कोइराला
सम्पादक:南亚网络电视
समय:2024-06-16 11:33

sekhar--1

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता केन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उहाँले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनीति गम्भीर मोडमा पुगेको बताउनुभयो । 

नेता डा.कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइ रहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरुरी रहेकामा जोड दिनुभयो । “राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटक पटक सरकार बदल्ने र अस्थिरता मच्चाइ रहने अवस्था देखियो । यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन”, डा.कोइरालाको भनाइ थियो । 

अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा.कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । यसै गरी उहाँले अस्थिर राजनीतिका कारण विकासले गति नपाउने मात्र नभई राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । 

“हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरूमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ । कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन् । यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण हो” उहाँले भन्नुभयो । सोही कार्यक्रममा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई डा.कोइरालाले स्वागत गर्नुभएको थियो । रासस 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर