नेभिगेसन मेनु

कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या
सम्पादक:南亚网络电视
समय:2024-06-02 11:38

ilaka-karyalaya

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरबन्दीबमोजिम कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा प्रवाह सहज हुन सकेको छैन । कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँच सुब्बा, खरिदार र कम्प्युटर अपरेटर लगाएको दरबन्दी रहेकोमा सो अनुसार नहुँदा सेवा प्रवाह सहज हुन नसकेको हो । 

नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म कुर्नुपर्ने जन गुनासो छ । एकै दिनमा सकिने काम कर्मचारी अभावले गर्दा एक सातासम्म लाग्ने गरेको चन्द्रपुर नगरपालिका–६ का एक सेवाग्राहीले बताउनुभयो । 

यता समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि उक्त कामको लागि कार्यालयमा जेष्ठ नागरिकको भिड लाग्ने गरेको छ । सेवा लिन आएका जेष्ठ नागरिकले सहजरुपमा सेवा नपाएको गुनासो गरेका छन् । चर्को घाममा घण्टौँसम्म लाइनमा बस्दा सकस भएको उहाँहरुको गुनासो छ । 

जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकका लागि सरकारी कार्यालयमा सेवा लिन कुर्नु पर्ने अवस्था नरहेपनि कार्यालयमा कर्मचारी अभाव हुँदा पालो नआउँदा सम्म लाइनमा नै बस्नु पर्ने बाध्यकारी अवस्था रहेको कार्यालय कै एक कर्मचारीले बताउनुभयो । २०७५ सालदेखि राहदानी सेवा उपलब्ध गराएको यस कार्यालयले कर्मचारी अभावकै कारण हाल उक्त सेवा बन्द गरेको छ । जसको कारण चन्द्रपुर नगरवासीले ठूलो समस्या भोग्दै आएका छन् । 

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव नेत्रप्रसाद शर्माले कर्मचारी अभावका कारण सेवा प्रवाह असहज भएको बताउनुभयो । उहाँका अनुसार दुई शाखा अधिकृतको दरबन्दी रहेको यस कार्यालयमा हाल एक जना पनि शाखा अधिकृत व्यवस्थापन हुन सकेको छैन । दरबन्दी अनुसार अन्य कर्मचारी समेतको प्रवन्ध गर्न सम्बन्धित निकायमा पटक पटक पत्रचार गर्दा पनि सोको कार्यान्वयन भने हुन सकेको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर