नेभिगेसन मेनु

स्राेत नखुलेको रकमसहित एक पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-05-31 11:44

handcuffs

जेठ १८गते । स्राेत नखुलेको दुई लाख रकमसहित रौतहटको गौर नगरपालिका वडा नं.२ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रुलाई चेकजाँच गर्ने क्रममा स्राेत नखुलेको दुईृलाख रकम सहित साइकल यात्रुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ९ बस्ने धुर्व नारायण यादवको २२ वर्षिय छोरा शिवशक्ति यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।

भारतबाट साइकल चढेर आउँदै गरेको यादवमाथि शङ्का लागेपछि चेकजाँज गर्दा निजको साथबाट नेपाली एक हजारको नोट सय थान तथा पाँच सयको नोट २ सय थान गरी दुई लाख रकम फेला परेको तथा उक्त रकमको आवश्यक कागजात माग गर्दा स्राेत खुलाउन नसकेकोले निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर