नेभिगेसन मेनु

एक सय सात किलो गाँजासहित भारतीय गाडीमा एक जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-05-21 16:56

dfdjg

बर्दिबास, जेठ ८ गते । प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादवलाई एक सय सात किलो गाँजासहित नियन्त्रणमा लिएको हो । 

जिल्लाको उत्तरी भेगबाट लागु औषध ओसारपसार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट  खटी गएको गस्ती प्रहरीले सोमवार (हिजो) राती १० बजेतिर जलेश्वर बर्दिबास सडक खण्डमा पर्ने औरही ८ टिमकियाबाट भारतीय कार र उक्त परिमाणको गाँजासहित यादवलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज मुडभरीले रातको समय उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ३० एएच २३८८ नेंको सेतो रङ्गको कारलाई तलासी लिँदा कारको डिक्कीमा जतनसाथ लुकाइएको २० पोका तयारी गाँजा बरामद भएको जनाउनुभयो । 

प्रहरीले यादवमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर