नेभिगेसन मेनु

पोखरीमा डुबेर वृद्धाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:53

Dead425

जेठ २७ गते । सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा नगरपालिकामा आइतबार बिहान पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । 

बलरा नगरपालिका –९, अचलगढमा स्थानीय मुनिलाल यादवका श्रीमती ८० वर्षीया राधिकादेवी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । राधिका बिहान ५ बजेतिर मर्निङवाकमा निस्कनुभएको थियो । 

उहाँ अचलगढस्थित पूर्व–पश्चिम हुलाकी सडकको पुल मुनी रहेको पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वृद्धा पुलबाट चिप्लिएर पोखरीमा खसेको हुनसक्ने र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर