नेभिगेसन मेनु

क्रिकेट टी-२० विश्वकप : पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्‌को सामना गर्दै
सम्पादक:南亚网络电视
समय:2024-06-04 11:49

AA-01 (1)

काठमाडौं-आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्‌सँग प्रतिस्पर्धा गर्दै छ ।खेल नेपाली समयअनुसार मंगलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ ।

हिजो आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान रोहित पौडेलले १० वर्षपछिको विश्वकप नेपाल र नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण रहेको बताए । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनको भनाइ थियो । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनले बताएका छन् । 

नेदरल्यान्डस् र नेपाल टी- ट्वेन्टी आईमा चौथो पटक आमनेसामने हुँदै छन् । गत फ्रेब्रुअरी/मार्चमा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी- ट्वेन्टी आई सिरिजमा भएका तीन खेलमध्ये एकमा नेपाल र दुई खेलमा नेदरल्यान्डस् विजयी भएको थियो । नेदरल्यान्डस्‌का प्रशिक्षक रायन कुकले सो सिरिज खेलेको टिमबाट केही खेलाडी परिवर्तन भएको बताए । उनले पछिल्लो समय नेपालले उत्कृष्ट खेलिरहेको पनि उल्लेख गरे । 

नेपाल रहेको समूह-डी मा टोली दक्षिण अफ्रिका, बंगलादेश र श्रीलङका पनि छन् । यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङकामाथि ७ विकेटको जित हात पारेको छ । सुपर-ए प्रवेशको सम्भावना बलियो बनाइराख्न पहिलो खेलमा जित आवश्यक छ ।  चोटका कारण  वेस्ट इन्डिज र ह्युस्टनमा भएका तीन अभ्यास खेल र क्यानडा सँगको वार्मअप म्याच गुमाएका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरी पनि पहिलो खेलमा टिममा फर्कनेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर