नेभिगेसन मेनु

आइपीएल : मुम्बइलाई हराउँदै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो
सम्पादक:南亚网络电视
समय:2024-05-12 12:35

kkr-1715476773

काठमाडौं-कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग-आइपीएलको प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।

वर्षाले प्रभावित भएका कारण १६ ओभरमा घटाइएको खेलमा कोलकाताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो ।

कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । 

मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुई/दुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एक/एक विकेट लिए ।

१५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए ।

कोलकाताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिए ।

यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाताले शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर