नेभिगेसन मेनु

बंगलादेशमाथि ६ रनको जित निकाल्दै अमेरिकाले जित्यो टी२० सिरिजको उपाधि
सम्पादक:南亚网络电视
समय:2024-05-24 12:25

Screenshot_2024-05-24_075912_Yz6IkCNDhv

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेसन बंगलादेशविरुद्धको सिरिज जितेको छ।

तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो।

बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो।

बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए। अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो।

तर, लक्ष्यको जवाफमा बंगलादेश १३८ रनमा अलआउट भई ६ रनले पराजित भयो। सिरिजको पहिलो खेल पनि ५ विकेटले जितेको अमेरिकाले लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ।

पहिले ब्याटिङमा आएको आयोजक टोलीलाई ओपनरले राम्रो सुरुवात गराए। स्टिभन टेलर र कप्तान मोनांक पटेलले पहिलो विकेटका लागि ४४ रन जोडे।

टेलरले ३१ रनको महत्वपूर्ण इनिङ खेले भने मोनांक पटेलले ४२ रनको महत्वपूर्ण योगदान दिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्ड्रिज गौस शून्य रनमा पभेलियन फर्किए भने अन्तिम खेलका नायक कोरी एन्डरसन ११ बनाउँदा हरमित सिंह भने खाता नखोली आउट भए।

अमेरिकी टोलीलाई १४४ रनमा पुर्याउन आरोन जोन्सले ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले।

बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले समान २-२ विकेट लिए।

१४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो। ओपनर सौम्या सरकार पहिलो बलमै आउट भए भने तान्जिद हसन १९ रन बनाएर पभेलियन फर्किए।

इनिङ्सको मध्यमा कप्तान शान्तोले ३६, तौहिद हरिदोयले २५ र शकिब अल हसनले ३० रन बनाए पनि त्यसपछि लगातार विकेट पतन हुँदा पुरै टोली १३८ रनमा समेटिएको भयो।

अमेरिकाका लागि अली खानले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवलकर र शाडले भानले २–२ विकेट लिए। जसदीप सिंह र कोरी एन्डरसनले पनि १–१ सफलता हात पारे। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर