नेभिगेसन मेनु

आइपिएल – मुम्बई अन्तिम खेलमा लखनउसँग पराजित
सम्पादक:南亚网络电视
समय:2024-05-18 12:48

hardik-pandya-e1715995592156

काठमाडौं । आइपिएलको लिगचरणबाट बाहिरिइसकेको मुम्बई इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।

शुक्रबार राति घरेलु मैदान वानखेडेमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।

यो हारसँगै मुम्बई अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

खेलमा लखनउले २१५ रनको लक्ष्य दिएको थियो । सो रन पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । १८ रनले हारेको खेलमा ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे ।

लखनउका नवीन उल हक र रवि विश्नाइले दुई÷दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक÷एक विकेट लिए ।

यसअघि  लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे ।

मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन÷तीन विकेट लिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर