नेभिगेसन मेनु

थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिबारे विमर्श
सम्पादक:南亚网络电视
समय:2026-06-22 12:52

 

 lumbini-pardesh-estariy-sanskirtik-sangosthi-

काठमाडौँ, असार ८ गते । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी बाँकेको कोहलपुरमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीको उदघाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. सुदनकुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रवर्धनका लागि यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्राचीन संस्कृतिलाई नवीन प्रविधिको उपयोगबाट प्रचार र संरक्षण गर्न सकिने सम्भावना औँल्याउनुभयो । 

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिसम्बन्धी गोष्ठीपत्र प्रस्तुत हुनुका साथै तीमाथि टिप्पणी गरियो । ‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ शीर्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजकुमार थारूले प्रस्तुत गरेको पहिलो गोष्ठीपत्रमाथि पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्यता डा. गोपाल दहितले टिप्पणी गर्नुभयो । 

कार्यपत्रमा प्रकृतिपूजक थारू जातिका प्रायः सबै अनुष्ठानमा प्रकृतिलाई सम्मान गरिने निचोड रहेको थियो । अर्का अध्येता उदयराज आलेले विश्वकै दुर्लभ ‘कुसुन्डाको परम्परागत संस्कृति’ मा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राधापक डा. पुष्कर रिजालले टिप्पणी गर्नुभएको थियो ।

वनराजाका रूपमा चिनिने कुसुन्डा जाति ग्रामीण जीवनशैलीमा बस्न थालेसँगै उनीहरूको मौलिक संस्कृति हराउनु दुःखद विषय रहेको उल्लेख गर्दै डा. रिजालले कुसुन्डा भाषाका मातृभाषी वक्ता एक जना मात्रै रहनु निकै चिन्ताको विषय रहेको बताउनुभयो । 

अवधि संस्कृतिका अध्यता जगतराम यादवले ‘अवधि लोकसाहित्यमा लोकगाथा चनैनी’ शीर्षकको तेस्रो गोष्ठीपत्र प्रस्तुत गर्नुभयो । उक्त गोष्ठीपत्रमा लोकसंस्कृतिका अध्यता डा. गोविन्द आचार्यले ढाँचागत केही कसर रहे पनि गोष्ठीपत्रले अवधि लोकगाथालाई चिनाउन मद्दत गर्ने टिप्पणी गर्नुभएको थियो । चौथो गोष्ठीपत्रका रूपमा मुस्लिम संस्कृतिका आरिफ खानले तयार गरेको ‘मोहर्रम’ माथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले टिप्पणी गर्नुभयो । 

खानको पत्रले मुस्लिम संस्कृतिका धेरै पक्षहरू छुटाएको भन्दै तिमिल्सिनाले नेपालगन्ज उर्दू साहित्य र संस्कृतिमा धनी भएको जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी, साहित्ययकार प्राडा. कृष्णप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार सनत रेग्मी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कावा अध्यक्ष सुमित्रा न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो । 

कोहलपुरका पूर्व मेयर लुटबहादुर रावत सहितका जनप्रतिनिधि, लुम्बिनी प्रदेशका विभिन्न साहित्यिक, सांस्कृतिक, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि, यस क्षेत्रका साहित्यकार र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासीले गर्नुभएको थियो । सञ्चालन पूर्णिमाका उपाध्यक्ष डा. खोपीराम वली क्षेत्रीले गर्नुभएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर