नेभिगेसन मेनु

नेवार समुदायको परिकार ‘योमरी’ सूचीकरणमा, अन्य प्रयासमा
सम्पादक:南亚网络电视
समय:2026-06-09 13:23

 

 s-1

काठमाडौँ, जेठ २६ गते । नेपाल सरकारले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको काम सुरु गरेको छ । सातै प्रदेशमा सूचीकरणको अभियान सञ्चालन भएको र त्यसमा अहिलेसम्म नेवार सुदायको योमरी परिकार सूचीकरणमा आएको पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख सुरेश सुरास श्रेष्ठले जानकारी दिनुभयो । 

अभियान सातै प्रदेशमा जारी रहेकाले १०५ वटा आवेदनमध्ये नेवार समुदायको योमरी सूचीकरण भएको उहाँको भनाइ छ । बाँकी आगामी दिनमा सूचीकरणमा आउने सहसचिव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहकार्यमा सो अभियान सुरु गरिएको हो ।

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न अनिवार्य रहेको भन्दै श्रेष्ठले भन्नुभयो, “यो अभियानले संस्कृतिको पुस्तान्तरण गर्नमा सहयोग गर्ने छ ।” युवाहरूलाई बढीभन्दा बढी संस्कृति र परम्पराबाट जानकारी गराउन आवश्यक रहेकाले युवा पुस्तालाई त्यसबारे प्रशिक्षित गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपालले सन् २०१० मै अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धी अनुमोदन गरेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का नेपाल प्रतिनिधि जाको डु तोइटले हिमाली क्षेत्रमा बसोवास गर्दैआएको शेर्पा समुदाय भित्रका थामे समुदायलाई हिम पहिरो विस्फोटले समस्या पारेको र सो समुदायको जनजीवनमा पारेको विभिन्न असरबारेमा युनोस्कोले डकुमेन्ट्रि निर्माण गरेको बताउनुभयो । सो बारेमा छलफल  समीक्षा गरी थप काम अघि बढाउने बताउनुभयो । 

जल तथा मौसम विज्ञान विभागका डिपार्टमेन्ट प्रमुख अर्चना श्रेष्ठले नेपालमा सानो ठुलो गरी करिब २ हजार ७० वटा हिम तलाउ रहेको बताउनुभयो । अहिलेसम्म १५ वटा हिउँ तलाउ फुटेको र ४ वटा त नेपालमै फुटिसकेको उहाँले बताउनुभयो । हिउँलेक फुट्दा स्थानीयको जनजीवनमा असर पुग्नेगरेको उहाँले बताउनुभयो । भविष्यमा प्रविधिको प्रयोग गरी स्थानीयको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

नेपालमा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र अभिलेखीकरणका लागि मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ तयार गरेको छ । सो कार्यविधि राष्ट्रिय सभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट विधेयक पारित हुन बाँकी छ ।

हिम ताल विस्फोटले थामे समदुाय पारेको असर र सो समुदायको संस्कृति पुनर्स्थापनाका विषयमा सम्बन्धित पक्ष र सरोकारहरूसँग छलफल जारी छ । सोही क्रममा युनेस्कोले मङ्गलबार विभिन्न सरोकारवालाका प्रतिनिधिहरूसँग नगरकोटमा छलफल सुरु गरेको छ । युनेस्कोमा कार्यरत रहनुभएकी वर्षा लेखीले छलफलले आदिवासी थामे समदुायको सांस्कृतिक तथा परम्परागत ज्ञान सिप र पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आदिवासी ज्ञान, सिप र पहिचानको संरक्षण र पुस्तान्तरण गराउने लक्ष्य युनेस्कोको रहेको बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर