नेभिगेसन मेनु

महिला क्रिकेटले एसियन गेम्स खेल्ने अवसर गुमायो
सम्पादक:南亚网络电视
समय:2026-05-31 16:11

 

 khok

काठमाडौँ, जेठ १७ गते । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटबाट बाहिरिएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएल मेथडमा पाँच विकेटले पराजित भएपछि नेपालको एसियाड खेल्ने सपना चकनाचुर बनेको हो ।

वर्षाले प्रभावित खेलमा सात ओभरमा ४३ रनको लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा दुई रन आवश्यक रहँदा चौका हान्दै रोमाञ्चक जित निकालेको हो । अन्तिम बलमा साइ युझीले चौका प्रहार गर्दै नेपाललाई स्तब्ध बनाउनुभयो ।

यसअघि अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो ।

नेपालका लागि कविता कुँवरले अविजित २२ र कप्तान इन्दु बर्माले ११ रन बनाउनुभएको थियो । तेस्रो भएको चीनसँगै फाइनलमा पुगेको मलेसिया र थाइल्यान्ड एसियन गेम्समा छनोट भएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर