नेभिगेसन मेनु

१८औँ सहिद भीमनारायण गोल्डकप : उदयपुर र झापा भिड्दै
सम्पादक:南亚网络电视
समय:2026-05-25 13:01

 

 IMG_8230

काठमाडौँ,  जेठ ११ गते । धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करण सहिद भीमनारायण स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा गाईघाट फुटबल क्लब, उदयपुर र बिर्तामोड युनाइटेड क्लब, झापा आमनेसामने हुने भएका छन् ।

आज हुने दोस्रो खेलमा दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले प्रतियोगिता आयोजना गरेको हो ।

आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सलहेश युवा क्लब, सिराहा विजयी भएको थियो । आठ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ६ लाख रुपियाँ र उपविजेता टिमले ३ लाख रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले ६ हजार रुपियाँ प्राप्त गर्नेछ भने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो ।

वि।सं। २०५५ सालदेखि सुरु भएको प्रतियोगिता केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर