नेभिगेसन मेनु

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने
सम्पादक:南亚网络电视
समय:2026-04-13 14:00

 

.biruwaa-pic-

काठमाडौँ, चैत ३० गते । बिरुवा गाउँपालिकामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं– १ बिरुवा बजार खेलमैदानमा आगामी वैशाख ११ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।

गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, ब्याडमिन्टन, भेट्रान्स भलिबल र पुरुष सर्टपुटका खेलहरू समावेश गरिएको छ ।

पुरुष भलिबलतर्फ विजेताले ८० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने महिलातर्फ प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै ब्याडमिन्टन पुरुषतर्फ प्रथमले १२ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार साथै महिलातर्फ प्रथमले सात हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रुपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, भेट्रान्स भलिबलतर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्टपुटतर्फ प्रथमले पाँच हजार, द्वितीयले तीन हजार र तृतीयले दुई हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।

प्रतियोगितामा पालिकाका दुई सयभन्दा धेरै खेलाडी सहभागिता जनाउने खेलकुद विकास समितिका सदस्य सचिव गिरिराज रोका मगरले बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर