नेभिगेसन मेनु

रुपन्देहीलाई मुख्यमन्त्री कप महिला भलिबल उपाधि
सम्पादक:南亚网络电视
समय:2026-04-12 13:30

 

 goopa

काठमाडौँ, चैत २९ गते । दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।

दाङमा शनिबार भएको फाइनलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ ले पाल्पालाई हराएको हो ।

उपाधिसँगै रुपन्देहीले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पाल्पाले ६५ हजार रुपियाँ पायो । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो स्थानमा रहे । रुकुम पूर्वले ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँ पायो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर