नेभिगेसन मेनु

“सिचाङ प्यानोरामा ” को दोस्रो संस्करण सम्पन्न, सिचाङ केन्द्रित ६ वटा चलचित्र प्रर्दशन
सम्पादक:南亚网络电视
समय:2026-04-06 13:23

eb73d195-4144-459b-b7a3-d17e938771e7-1775272091

एस ए टि भी, काठमाडौँ । ९ औँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको “सिचाङ प्यानोरामा २०२६” को दोस्रो संस्करण सकिएको छ । यस पटकको “सिचाङ प्यानोरामा २०२६” मा चीनकोे सिचाङ केन्द्रित ६ वटा फिचर फिल्म, डकुमेन्ट्री, एनिमेसन, छोटो डकुमेन्ट्री तथा सर्ट भिडियोका समावेश रहेको थियो । यस पटकको “सिचाङ प्यानोरामा २०२६” मा पर्यावरण संरक्षण, जनजीविका, शैक्षिक समानता, सांस्कृतिक संरक्षण, युवा विकास र हरित विकास जस्ता विषयहरूमा सिचाङको बहुआयामिक झलक प्रस्तुत गरिएको चलचित्रहरुको प्रर्दशनी गरिएको थियो । 

यस स्नो लेपर्ड, होम अवे होम क्लोज, लर्नर्स फ्रम द टप अफ द वल्र्ड, सनराइज ओभर द प्ल्याटु, वारियर किङ र डिस्कभरिङ सिचाङ २०२६ प्रर्दशन गरिएको थियो । 

यस पटक देखाइएको चलचित्रहरुमा स्नो लेपर्डले हिमाली क्षेत्रमा पर्यावरण संरक्षण तथा मानव र प्रकृतिबीचको सहअस्तित्वलाई झल्काएको थियो ।

661494118_1502995781190842_7948641165171295018_n-1775452247

यस्तै, होम अवे होम क्लोजले हङकङका एक युवाको सिचाङ यात्रा र सार्वजनिक हितको यात्रामार्फत सांस्कृतिक संरक्षण, अन्तरजातीय संवाद तथा चिनियाँ राष्ट्रको सामुदायिक भावनालाई प्रस्तुत गरेको थियो । 

e57141ee-3697-4793-8a5c-123fef14803a-(1)-1775272185

लर्नर्स फ्रम द टप अफ द वल्र्ड हिमाली क्षेत्रमा आवासीय शिक्षा तथा शैक्षिक समानतामा केन्द्रित रहेको थियो । 

691d44b2-8c33-497f-8194-b621c7c3809a-1775272131

सनराइज ओभर द प्ल्याटुले नयाँ युगमा सिचाङको जनजीविका र सामाजिक विकासका प्रगतिहरू देखाएको थियो ।

0c92b953-8952-408f-be7a-a67c6318c052-1775272109

यस्तै प्रर्दशित वारियर किङ ले एनिमेसनमार्फत महाकाव्यीय संस्कृति र परम्परागत स्मृतिलाई देखाएको थियो ।

f7fe6020-5786-4a3a-a303-e90317446de5-1775272249

यस्तै, डिस्कभरिङ सिचाङ २०२६ मा ६ देशका ९ जना अन्तर्राष्ट्रिय युवाको दृष्टिकोणबाट हरित प्रविधि र युवा ऊर्जा मार्फत निर्माण भएको खुला, जीवन्त र आधुनिक सिचाङलाई प्रस्तुत गरेको थियो । जसमा नेपाली कलाकार  बुद्धि तामाङ, पवित्रा साकी, सान्केन लामा र पत्रकार अनिल यादवको सिचाङ भ्रमणलाई पनि समेटिएको थियो । 

d52fad56-3e26-41cc-b44c-b032bb393d09-1775272154

चलचित्र प्रदर्शनका अतिरिक्त, “सिचाङ प्यानोरामा” प्रतिनिधिमण्डलले मिडिया अन्तर्वार्ता, निर्णायक मण्डलसँग अन्तरक्रिया, फिल्ममेकर सलोनमा पनि सहभागिता जनाएको थियो । यस्तै प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालय, काडमाडौँ विश्वविद्यालय लगायत कलेजहरुमा  पनि अन्र्तक्रिया र प्रर्दशनी गरिएको थियो । यी गतिविधिहरूले दृश्य माध्यममार्फत हुने आदान–प्रदानलाई अझ गहिरो र व्यापक बनाउने अपेक्षा प्रतिनिधिमण्डलले अपेक्षा गरेको छ ।  चलचित्रको प्रर्दशनी, सृजनात्मक संवाद, क्याम्पस सहभागिता र अन्तरसांस्कृति छलफलमार्फत यस कार्यक्रमले नेपाली दर्शकहरूमा समकालीन सिचाङप्रति ज्ञान बढाउने र चीनको बहुआयामिक वास्तविक चित्र प्रस्तुत गर्ने लक्ष्य राखेको थियो । 

चीन र नेपालका जनताबीचको महत्वपूर्ण सांस्कृतिक सेतुका रूपमा चलचित्रले भाषा अवरोध पार गर्दै साझा अनुभव, हिमाली संस्कृति, पर्यावरणीय चिन्ता र दैनिकीमार्फत भावनात्मक सम्बन्ध स्थापना गर्न सक्ने सिचाङ प्रतिनिधि मण्डले विश्वास लिएको छ । प्रर्दशित चलचित्रहरुको सामूहिक प्रस्तुति केवल सिचाङ आधारित चिनियाँ दृश्य कथनको प्रदर्शन मात्र नभई सभ्यताबीचको आपसी सिकाइको सशक्त उदाहरण पनि भएको प्रतिनिधि मण्डल प्रमुख चान स्वानले बताउनुभयो । प्रर्दशनीमा देखाइएका चलचित्र र वृतचित्रहरुलाई नेपाली र विभिन्न देशका चलचित्रकर्मीहरु र दर्शकहरुले मन पराएका थिए । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर