
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा एट्लेटिको म्याड्रिडविरुद्ध २–१ को कठिन जित निकालेको छ ।
शनिबार बार्सिलोनालाई एट्लेटिको घरेलु मैदान किभितास मेट्रोपोलिटानोमा जित दिलाउन मार्कस रासफोर्ड र रोबर्ट लेवान्डोस्कीले समान एक गोल गरे । एट्लेटिकोका गुलियानो सिमियोनोले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ३९औँ मिनेटमा सिमियोनीले एट्लेटिकोलाई अग्रता दिलाए । तर, एट्लेटिकोले यो अग्रतालाई लामो समयसम्म जोगाउन सकेन । ४२औँ मिनेटमा रासफोर्डले बार्सिलोनाको निम्ति बराबरी गोल फर्काए ।
यसपछि, ८७औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै बार्सिलोनाले प्रतियोगितामा ७६ अंक जोडेको छ । बार्सिलोनाले ३० खेल खेल्दा २५ जित, एक बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित एट्लेटिको भने ५७ अंकका साथ चौथो स्थानमा सीमित छ ।





