
काठमाडौँ, चैत २० गते । आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका हुन लागेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।
विगत चार वर्षदेखि जेसिजले दुई लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ ।
युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नवप्रतिभा खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘जेसीज कप फुटबल’ प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।
प्रतियोगितामा १२ टिम सहभागी हुने जनाइएको छ । साथै खेलमा सेना र प्रहरीको टिम पनि सहभागी हुँदैछन् । फुटबलमा प्रथम हुनेले २ लाख, ट्रफि र मेडल, द्वितीयले १ लाख नगद, ट्रफि र मेडल पाउनेछन् ।
त्यसबाहेक उत्कृष्ट खेलाडी र टिमलाई पनि पुरस्कृत गरिने भएको फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी गराउनुभयो । खेलका लागि १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
जेसीजले युवा सशक्तिकरण, सरसफाइ, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण र सचेतना अभियानको अगुवाई गर्दै आएको बताइएको छ ।





