
काठमाडौं । अन्डर-२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्नका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
समूह चरणमा दुई जित र एक बराबरी नतिजा निकाल्दै सेमिफाइनल पुगेको टोलीले फाइनल यात्रा तयका लागि बंगलादेशसँग भिड्ने भएको हो ।
माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा भने भारत र भुटानबीच खेल हुनेछ। सेमिफाइनल खेलहरू आगामी बुधबार हुनेछ।
यसअघि समूह चरणमा नेपाल समूह 'ए' को विजेता बनेको थियो । नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो भने श्रीलङ्कालाई १० तथा भुटानलाई ४- १ ले पराजित गरेको थियो।
नेपाल समूह विजेता बन्दा भुटान दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो।





