नेभिगेसन मेनु

सिलिगुडीमा ‘नेपथ्य’
सम्पादक:南亚网络电视
समय:2026-03-07 12:01

 

 nepathhay-silgudii

काठमाडौँ, फागुन २३  गते । पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो ।

मञ्चमा अमृतलाई सदा झैँ ड्रमसेटमा धु्रव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थियो । “सिलिगुडीमा पहिलो पटक यस स्तरको नेपाली साङ्गीतिक कार्यक्रम आयोजना भएको हो,” स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकास कायस्थले भन्नुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर