नेभिगेसन मेनु

गुगल म्याप्स द्वारा नेपालमा स्ट्रिट भिउ सुरुवात: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
सम्पादक:南亚网络电视
लेखक:Manoj Neupane
समय:2025-08-15 16:36


 

digi conclave

एस् ए टी भी साउन ३० २०८२, काठमाडौंः गुगल म्याप्स ले आज डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रिट भिउ सुरु गरिएको घोषणा गरेको छ। आजदेखि संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्स को स्ट्रिट भिउ चित्र मार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृतिको भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन्।

Picture2

अब मानिसहरूले काठमाडौंका जीवन्त गल्लीहरू, तराईका सुन्दर तथा शान्त क्षेत्रहरू, हरिया पहाडहरू, हिउँले ढाकिएका राजसी हिमालहरूको मनोरम भव्य दृश्य तथा घुमाउरा सडकहरू संसारको जुनसुकै ठाउँबाट मोबाइल तथा कम्प्युटरको स्क्रिनबाट सजिलै नियाल्न सकिने कन्क्लेभमा जानकारी दिईयो।

आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित द प्लाजा पुलचोक ललितपुरमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ आयोजना गरेको हो। डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ मुख्य विषयवस्तु रहेको कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तरास्ट्रिय विज्ञहरु सहित ५० बढी बक्ताहरु रहेका थिए।

digi conclave pm

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पावर संवाद समेत सञ्चालन भएको थियो भने कन्क्लेभमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङ, सांसद तथा नेपाली काग्रेसका महामन्त्री गगन थापासहित सरकारी तथा निजी क्षेत्रका विभिन्न उच्च अधिकारीहरूको सहभागीता रहेको थियो। प्रधानमन्त्री ओलिले संसारमा जुनसुकै प्रविधी आएपनि मानव मस्तिष्कलाई जित्न नसक्ने बताए। "अहिले एआइ देखेर मानिसहरू डाराइरहेको देख्छु तर मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन, यो सृष्टीलाई जित्न सक्दैन।" उनले भने।

digi conclave group

डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहल/अभियान बनेको छ । यस कार्यक्रममा डिजिटल रुपान्तरणको लागि सरकारले गरिरहेको प्रयास, योजना र कार्यक्रमसंगै लक्ष्य प्राप्त गर्नको लागि गर्नुपर्ने सन्दर्भमा बृहत छलफल, प्रस्तुती र अन्तरक्रिया भयो । सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर