नेभिगेसन मेनु

ताप्लेजुङमा एक करोड ५५ लाख बढीको खाद्यको चामल बिक्री
सम्पादक:南亚网络电视
समय:2025-07-27 18:08


1753609835_Khadya-1200x560

 

एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः खाद्य व्यवस्था र व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ५५ लाख बढीको चामल बिक्री गरेको छ।

उसले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा बढी परिमाणको चामल बिक्री पनि गरेको छ। कार्यालयका सूचना अधिकारी जलान्धरप्रसाद यादवका अनुसार कार्यालयले आव २०८१/८२ मा १ हजार ३१.७५ क्विन्टल स्टिम जिरा मसिनो र ९ सय ६ क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको छ।

आव २०८१/८२ मा स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल ९ हजार ४ सय रुपैयाँ र सोना मन्सुली चामल प्रतिक्विन्टल ६ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो। कार्यालयले ९६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ बराबरको स्टिम जिरा मसिनो र ५८ लाख ८९ हजार रुपैयाँको सोना मन्सुली चामल बिक्री गरेको छ।

दुवै प्रकृतिको गरी कार्यालयले आव २०८१/८२ मा कुल १ करोड ५५ लाख ८७ हजार ४ सय ५० रुपैयाँको चामल बिक्री भएको कार्यालयका सूचना अधिकारी यादवले बताए। उनका अनुसार आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा चामलको बिक्री परिमाणमा पनि वृद्धि भएको छ।

आव २०८०/८१ मा कार्यालयले १ हजार २२.७५ क्विन्टल स्टिम जिरा मसिनो र ६ सय ६६.३० क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको पनि सूचना अधिकारी यादवले बताए। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर