नेभिगेसन मेनु

'ग्लोबल हिरो अवार्ड' सम्पूर्ण नेपालीमा समर्पित गर्छु : ज्ञानेन्द्र शाही
सम्पादक:南亚网络电视
समय:2025-07-28 11:39


gyanendra

एस् ए टी भी १२ साउन २०८२, काठमाडौँः राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'ग्लोबल हिरो अवार्ड' पाएका छन्। शाहीले यो अवार्ड सम्पूर्ण नेपालीमा समर्पित गर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै शाहीले यस्तो बताएका हुन्। उनले भने, 'ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समपित गर्छु।'

उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने बताए।

आयोजक समितिले यस कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण प्रशंसनीय रहेको उनले बताए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर