एस् ए टी भी २२ साउन २०८२, काठमाडौँ: सन् २०२५ १२ औँ विश्व खेलकुद समारोह अगस्ट ७ राति शुरु हुने भएको छ। छङतु सहरको विश्व खेलकुद रङ्गशाला, स्वयंसेवक र यातायात सेवालगायतका प्रत्याभूत कार्य सुव्यवस्थित रुपमा तयार रहेको छ।
हाल छङतु विश्व खेलकुद समारोहका २७ वटा प्रतियोगिता रङ्गशाला सबै तयार सँगसँगै मितव्ययिता प्रतियोगिताको आयोजना गर्ने नियम पालना गरी हरित विचार देखाइएको छ। बताएअनुसार,यस पटकको विश्व खेलकुद समारोहमा लगभग ९ हजार स्वयंसेवकले उद्घाटन र समापन समारोह, विश्व खेलकुद गाउँ,मिडिया केन्द्र र विभिन्न प्रतियोगिताको समयमा रङ्गशालामा सेवा प्रदान गर्ने छन्।
यसका साथै पूरै छङतु सहरका वाणिज्य क्षेत्र र पर्यटन गन्तव्यस्थल,पार्कहरु,रङ्गशाला,यातायात हब आदि ठाउँहरुमा ५३२ वटा सहरी स्वयंसेवक स्टेशन स्थापना गरिसकेको छ। लगभग १० हजार सहरी स्वयंसेवकहरुले यी स्टेशनमा पर्यटकहरु,खेलाडीहरु,देशविदेशका अतिथिहरुलाई प्रतियोगितासम्बन्धी,छङतु घुम्नेसम्बन्धी लगायतका विषयमा सहयोग गर्नेछन्।