नेभिगेसन मेनु

यू-१९ विश्वकप एसिया छनोटमा हङकङसँग खेल्दै नेपाल
सम्पादक:南亚网络电视
समय:2025-04-16 12:06

nepal-u19-1744774851

एस् ए टी भी ०३ वैशाख, काठमाडौँः यू-१९ विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ।

तल्लो मुलपानी क्रिकेट ग्राउन्डमा बिहान साढे ९ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ।

प्रतियोगितामा नेपालले यसअघिका दुई खेल जितिकसेको छ।

पहिलो खेलमा युएईलाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ र अफगानिस्तान छन्।

प्रतियोगितामा नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।

यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।

यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। यद्यपी अरु टोलीसँगको हारले नेपालको यात्रा सकिन सक्छ। त्यसैले अरु टोलीलाई हराउँदै अफागानिस्तानको तगारो पन्छाउन सके नेपालले नवौं पटक विश्वकप खेल्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर